प्रभु बैकले आस्बा सेवा दिएवापत प्रतिफारम एक रुपैयाँ मात्रै शुल्क लिने भएको छ। नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा संचालन गर्नेगरी इजाजत कम्पनीले गत माघदेखि सम्पूर्ण शाखाबाट सेवा प्रदान गर्दै आएको छ।
आस्बा प्रणालीअन्र्तगत धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त फारम बुझेर निजहरुको यस बैकमा भएको चल्ती, बचत वा कल खातामै रकम रोक्का राखी दरखास्तको निष्सा दिइन्छ।
धितोपत्र बाँडफाँट भएपछि निबेदकको नाममा शेयर बाँडफाँड भए बराबरको रकम मात्र खाताबाट कट्टा गरी बाँकी रकम सोही खातामा फुकुवा हुन्छ।
यसका लागि धितोपत्र बोर्डले प्रतिफारम १ सय रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरे पनि बैंकहरुले भने न्यून दरमै यो सेवा दिइरहेका छन्।