नवनियूक्त अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुँजी बजारमा विकसित प्रविधिको जरुरत रहेको औंल्याएका छन्।
रजत जयन्तीको अवसरमा धितोपत्र बोर्डले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले नयाँ प्रविधिको प्रयोग गर्दै नेपालको पुँजी बजार विकास गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
सर्वसाधारणलाई कम्पनीको मालिक बनाउने र विकेन्द्रिकृत रकमलाई केन्द्रिकृत पुँजीका रुपमा परिचालन हुने भएकाले पुँजी बजारको विकास गरिनुपर्नेमा जोड दिए।
प्राथमिक निष्काशनमा आवेदन गर्ने सबैलाई कम्तिमा १० कित्ता सेयर दिने बोर्डको निर्णयले सर्वसाधरणमा बचत गर्ने, संकलित रकमलाई उच्च प्रतिफल दिनेगरी कम्पनीमा लगाउने बानी तथा संस्कारको विकास गराएको मन्त्री कार्कीले उल्लेख गरे।
बोर्डले पहिलो पटक पूँजीबजार पत्रकारिता पुरस्कारबाट नेपाल आर्थिक पत्रकार समाजलाई पुस्कृत गरेको छ।