ब्रिटिस काउन्सिलको आइएलटिएस लगायत विभिन्न टेस्ट परिक्षाको शुल्क संकलन नविल बैंकमार्फत हुने भएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोसी र ब्रिटिस काउन्सिलका निर्देशक डा. जोभन लिकले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार ब्रिटिस काउन्सिलले सञ्चालन गर्ने परिक्षामा सहभागी हुने विद्यार्थीहरुले तिर्नुपर्ने शुल्क नबिल बैंकका शाखाहरुवाट बुझाउन सक्नेछन्।
यो सेवा काठमाडौं उपत्यका बाहिरका शाखाहरु बुटवल, बिराटनगर, चितवन, भैरहवा, नेपालगञ्ज, विर्तामोड, पोखराबाट आगामी असार १ गतेदेखि र काठमाडौं उपत्यकामा रहेका ९ शाखाहरु तिनधारा, ललितपुर, कौशलटार, महाराजगञ्ज, नयाँसडक, नयाँ बानेश्वर, कान्तिपथ, बालाजु, चाबहिलबाट असार ४ गतेबाट सुरु हुने बैंकले जनाएको छ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत जोशीले निकट भविष्यमै अनलाईन भुक्तानी प्रणालीबाट समेत शुल्क संकलनको तयारी गरिएको बताए।
ब्रिटिस काउन्सिल सांस्कृतिक सम्बन्ध कायम गर्ने र उचित शैक्षिक अवसर प्रदान गर्नको लागि काम गर्ने बेलायतको अन्तरराष्ट्रिय संस्था हो।