नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपालगन्जस्थित हिम अटो डिष्टिब्युटरले तीन दिने हुन्डाई एक्स्चेन्ज कार्यक्रम ल्याएको छ।
जेठ २४ देखि सुरु भएको यो कार्यक्रम २६ गतेसम्म हुनेछ, जहाँ ग्राहकले पुराना गाडीको भ्यालुएसन गराई नयाँ साट्न पाउने छन्।
हुन्डाई ब्राण्डका सबै मोडलहरुमा यो योजना लागू हुने कम्पनीले जनाएको छ। साथै हिम अटो डिष्टिब्युटरले ग्राहकलाई नगद छुट र हरेक गाडीको बिक्रीसँगै एक्स्चेन्ज बोनस पनि प्रदान गर्ने जनाएको छ।
कार्यक्रममा ‘टेस्ट ड्राइभ र वीन’ तथा मनोरञ्जनका कार्यक्रमहरु समेत सम्मेलित छन्। कार्यक्रम अवधिमा टेस्ट ड्राइभ गरेका मध्येबाट लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकलाई कुल वान स्मार्टफोन प्रदान गरिने बताइएको छ।