मेगा बैंकले नविल इन्भेष्टमेन्ट बैंकिङलाई हकप्रद तथा साधारण सेयर निष्कासन एवं. बिक्री प्रबन्धक नियुक्त गरेको छ।
मेगा बैंकका सिइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेन्टका सिइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
मेगा बैंकले गत वार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। सोही बमोजिम बैंकले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्ब ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैयाँ बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको मेगा बैंकका सिइओ शाहले जानकारी दिए।
हकप्रद शेयर निस्कासन गरेपछि मेगा बैंकको चुक्ता पुँजी साढे ७ अर्ब बढी पुग्नेछ। यसैगरी, चालु आवको नाफाबाट बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ।