बुटवल पावर कम्पनीले जारी गर्ने एफपिको मूल्य प्रतिकित्ता ५१८ तोकेको छ। कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ जारी गर्ने तयारी गरेको छ।
धितोपत्र बोर्डबाट जारी नयाँ निर्देशिकाअनुसार मूल्याङ्कनकर्ताबाट प्राप्त सुझावअनुसार अंकित मूल्य १ सय रुपैयाँमा ४१८ थप गरी निश्कासन गर्न लागिएको कम्पनीले जनाएको छ।
कम्पनीको एफपिओको मूल्य भने महँगो सावित हुने भएको छ। बजारमा कम्पनीको मूल्य मंगलबारसम्म प्रतिकित्ता ६७७ रुपैयाँ मात्रै छ।