एनएमबि बैंकले स्वदेश तथा विदेशमा पढ्ने विद्यार्थीहरुका लागि “एनएमबि बैंक शैक्षिक कर्जा” उपलव्ध गराउने भएको छ।
शैक्षिक कर्जा सेवाको बैंकले आरम्भ गरेको छ। शिक्षामा आत्मनिर्भता भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले ल्याएको यो शैक्षिक कर्जाको अवधि १० वर्ष सम्म रहने छ भने अधिकतम १ करोड सम्मको शैक्षिक कर्जा उपलब्ध हुनेछ।
एनएमबि बैंक शैक्षिक कर्जा आवेदन दिएको ५ दिन मै उपलब्ध गराईने बैंकले जनाएको छ। यो कर्जा शैक्षिक यात्रामा लाग्ने आर्थिक समस्या समाधान गर्न भरपर्दो वित्तीय सेवाका रुपमा स्थापित हुने विश्वास बैंकले गरेको छ।