विद्युत विकास विभागले जलविद्युत उत्पादन अनुमतिको लागि आवेदन दिएका तर सम्पर्कमा नआएका आवेदकहरुलाई ३५ दिने अल्टिमेटम दिएको छ। आवेदन दिने तर उत्पादन अनुमतिको लागि चाल्नुपर्ने कदम नचालनेर आयोजना हडपेर बस्ने उत्पादकहरुलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागले पत्राचार गरिसकेको विभागका सुचना अधिकारी बाबुराज अधिकारीले जानकारी दिए।
‘यसअघि सर्वेक्षण अनुमतिको लागि आवोदन दिएका, अनुमति पाएर पनि काम अगाडि नबढाएकाहरुको लागि जारी गरिएजस्तै समय सिमा तोकेर हामीले उत्पादनको हकमा पनि पत्राचार गरिसकेका छौं’ उनले सेतोपाटीसँग भने,‘३५ दिनभित्र उनीहरु सम्पर्कमा आएर काम अगाडि नबढाएमा उनीहरुको प्रक्रिया रद्ध हुन्छ।’
आवेदन दिएका तर आवस्यक प्रक्रिया पुरा गर्न सम्पर्कमा नआएका, अनुमति पाएका तर काम सुरु नगरेका कम्पनी तथा उत्पादकहरुलाई ३५ दिनभित्र विभागमा सम्पर्कमा आइ बाँकी प्रक्रिया पुरा गर्न विभागले सार्वजनिक सुचना सोमबार जारी गर्ने जनाएको छ।
केही समय अगाडि संसोधन भएको विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिकाअनुसार सुचना जारी तथा पत्राचार गरिएको अधिकारीको भनाइ छ।
विद्युत आयोजना ओगटेर झोलामा होल्ड गरेर बस्ने नियतका कम्पनी र उत्पादकहरुलाई निरुत्साहित उत्पादन गर्न चाहने कम्पनी र उत्पदकलाई प्रोत्साहन गर्नको लागि विभागलाई तत्काल कदम चाल्न उर्जा मन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका थिए।
नेपालमा उर्जा उत्पादनको लागि सबैभन्दा ठुलो बाधक झोलामा खोला बोकेर हिड्ने प्रवृत्ति भएको भन्दै शाहीले यसलाई रोक्नको लागि आफू जस्तोसुकै दवाव खेप्न तयार भएको र नडराइकन कदम चाल्न मातहतका निकायलाई निर्देशन दिउको बताउछन्।
‘विद्युत उत्पादनको लागि बाधक तत्वहरु केके हुन्? नीतिगत वा व्यवाहरिक के हुन? ति सबै सुधार गर्न म तयार छु’ शाहीले सेतोपाटीसँग भने,‘मेरो तहबाट म सबै जिम्मेवारी र नेतृत्व लिन्छु कार्यन्वयन इकाइहरुलाई नडराइ काम गर्न मैले निर्देशन दिएको छु त्यही अनुसार यो काम पनि अगाडि बढेको छ।’