जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एफवान सफ्ट ग्रुपले ७५ लाख रुपैयाँ सहयोग गरेको छ।
कोषमा उपलब्ध गराइएको रकम एफवान सफ्ट इन्टरनेसनल, इसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा कम्पनीहरूको संयुक्त योगदानबाट संकलन गरिएको हो।
युवा नेपालीद्वारा एफवान सफ्ट ग्रुपले राष्ट्रप्रतिको दायित्वलाई गम्भीरतापूर्वक लिएको बताएको छ।
समूहका अनुसार यस योगदानमार्फत संस्थागत र व्यक्तिगत तहमा गरिएको सानो–ठूलो सहयोग नै राष्ट्रिय पुनर्निर्माणको महत्वपूर्ण आधार बन्ने विश्वास लिइएको छ।
एफवान सफ्ट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले पुनर्निर्माणलाई सामुहिक प्रतिबद्धतासँग अघि बढाउनु पर्ने आवश्यकता औंल्याउँदै भने, ‘नेपाल पुनर्निर्माणको यात्रामा हामी आशा, जिम्मेवारी र साझा उद्देश्यसहित एकताबद्ध छौँ।’
उनका अनुसार, जेनजी आन्दोलनले समाज, नागरिक जीवन र अर्थतन्त्रमा पारेको प्रभावलाई सम्बोधन गर्न दिगो पुनर्निर्माण र स्थायित्वतर्फ हातेमालो गर्दै अघि बढ्नु अनिवार्य छ, र त्यही भावना समूहको यो पहलले प्रतिनिधित्व गर्छ।