विगत आठ वर्षदेखि थापागाँउबाट सेवा प्रदान गरिरहेको दिपाज् क्रियसनको नयाँ शाखा टंगालमा खुलेको छ। शाखाको मिस नेपाल मल्भिका सुब्बाले उदघाटन गरिन्।
यस वुटिकमा महिला, पुरुष तथा वालवालिकाहरुको लागि विशेष गरेर पार्टी वेयरका ड्रेसहरु ग्राहकको रोजाई अनुसार डिजाइन गरिन्छ।
गुणस्तरीय फेब्रिकलाई पहिलो प्राथामिकता दिँदै ग्राहकको बजेट अनुसार यहाँ ड्रेसहरु तयार गरिने वुटिककी डिजाइनर दिपा गौतम थापाले बताइन्।
‘यस वुटिकमा तयार हुने ड्रेस अरुभन्दा फरक मौसम, अवसर,उमेर सवैलाई ध्यानदिएर बनाइन्छ’ उनले भनिन् ‘त्यसैले यहाँको ड्रेस सबै ग्राहकहरुको मुख्य रोजाई बन्न पुगेको छ।’