त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले प्रतिक्षा गर्ने ठाउँ(टर्मिनल भवन) मा कुर्सी थप गरिएको छ। अन्तर्राष्ट्रिय र घरेलु कक्षमा कुर्सी थप गरिएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
यसअघि घरेलु उडानमा लामो समय ढिला हुँदा याात्रुहरु भुईमा बस्नुपरेको गुनासो आइरहेको थियो।
विमानस्थल कार्यालयले आन्तरिक टर्मिनलको ठाउँ विस्तार गरेर अहिले एक सय कुर्सी थप गरेको क्षेत्रीले बताए। उनका अनुसार पहिले स्मोकिङ जोन भएको ठाउँ हटाएर यात्रु बस्ने ठाउँ बनाइएको छ।
आन्तरिक टर्मिनलमा अहिले एयर कन्डिसन जडान गरिएको छ। गर्मीको समयमा यात्रुले सास्ती पाएको भन्दै एसी जाडन गरिएको क्षेत्रीले बताए।
अन्तर्राष्ट्रिय तर्फ पनि कुर्सी थप गरी अहिले ८ सय जना एकैपटक बस्नसक्ने बनाइएको क्षेत्रीले जानकारी दिए।
तस्बिरहरु: संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे ट्वीटर