दाङका यातायात व्यवसायीले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भ्रष्टचारीको आरोप लगाउँदै तत्काल पदबाट राजीनामा दिन माग गरेका छन्।
सरकारले यातायात समिति खारेज गरेको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका दाङका यातायात व्यवसायीले आइतबार यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुर अगाडि प्रदर्शनका क्रममा गृहमन्त्री थापालाई भ्रष्टचारी भएको भन्दै तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेशन नं. ५ का केन्द्रीय सदस्य ज्ञानबहादुर बस्नेत नेतृत्वमा बिहान दश बजे नै यहाँका यातायात व्यवसायी यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरको अगाडि पुगेर एक घन्टा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
समितिको पक्षमा विभिन्न प्लेकार्डसहित पुगेका यातायात व्यवसायी तथा मजदूरहरूले ‘भ्रष्ट गृहमन्त्री राजीनामा दे, २०३४ को ऐन लागू गर, व्यवसायीलाई दमन गर्न पाइँदैन, व्यवसायिक एकता जिन्दावाद’ भन्ने नारा लगाएका थिए। उनीहरूले गृहमन्त्री थापा केही सिमित व्यवसायीको प्रलोभनमा परेर छलफल नै नगरी समिति खारेज गरेको भन्दै चर्का नाराबाजी गरेका थिए।
गृहमन्त्रीले गाडी खोस्ने दिवा सपना नदेख्दा हुन्छ – अध्यक्ष बस्नेत
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश नम्बर ५ का केन्द्रीय सदस्य तथा अम्बिकेश्वरी यातायात समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतले गृहमन्त्री थापालाई आफूहरूका गाडी खोसेर लैजाने दिवा सपना नदेख्न चेतावनी दिएका छन्।
समितिसँग पाँच लाख गाडी रहेको भन्दै उनले गृहमन्त्रीले सेना र प्रहरीमा गाडी चलाउने चालक कति जना राखेका छन्? भन्ने कुरा त्यसपूर्व नै गणना गर्नुपर्ने बताए।
‘पुलिस आर्मीले हाम्रा गाडी लैजाने र चलाउने भन्ने कुरा हास्यास्पद हो,’ अध्यक्ष बस्नेतले भने। आफूहरूसँग छलफल र सम्वाद नै नगरी एकाएक समिति खारेज भएको भन्दै उनले गृहमन्त्री राणा शासन भन्दा पनि निरुङकुश ढंगले चल्न खोजेको दोषारोपन गरे।
‘राणा गयो। राजतन्त्र गयो। अब ज्याजति भय प्रतिवाद हुन्छ,’ अध्यक्ष बस्नतले भने। गृहमन्त्री थापा राणा शाषण भन्दा पनि बर्वर ढंगले चल्ने दुष्प्रयास गरेको उनको आरोप छ।
‘जोर जबरजस्ती र दमले कहिलै समस्या समाधान हुँदैन। हामीले हाम्रो सम्पत्तिको रक्षा कसरी गर्नुपर्छ त्यो राम्रोसँग जानेका छौं,’ अध्यक्ष बस्नेतले भने।
उनले गृहमन्त्री थापा पनि दश वर्ष सशस्त्र द्वन्द्वबाट उपाय नचल्दा वार्ता र सम्वादबाट मात्रै निकास निस्किएको भन्दै उत्पन्न समस्या समाधानका लागि आफूहरू सरकारसँग वार्ता गर्न तयार रहे पनि सरकारले नै मुठभेट चाहेको बताए। उनले सरकार वार्ताको लागि गम्भीर नभए वैशाख २७ गतेपछि सवारी साधन ठप्प पार्ने चेतावनी दिए।

दर्जनौंको संख्यामा पुगेका अन्य यातायात व्यवसायीले आफूहरूसँग छलफल र सम्वाद नै नगरी एकाएक समितिमा दर्ता गर्ने सरकारी निर्णयको चर्काै विरोध गरेका थिए।
‘सरकार निजी क्षेत्रको लगानीप्रति अनुदार देखिएको छ। सरकारले मनोमानी ढंगले तानाशाह लाद्न खोज्नु गलत हो,’ एकजना व्यवसायी ईश्वरी पाण्डेले भने।
सरकारले आफूहरूको निजी सम्पत्तिमा सरकारले आँखा लगाउनु दुर्भाग्यपूर्ण भएको बताए।
‘हाम्रो समितिमा करोडौंको सम्पत्ति छ। जग्गा जमिन छ। सयौं गाडिछन्। त्यो सम्पत्तिको मालिक हुनुको नाताले त्यसको व्यवस्थापन हामीले आफैँ गर्न पाउनुपर्छ,’ पाण्डेले भने।
यातायात व्यवसायीको जात्रा गरे- सर्वसाधारणसरकारले बस समितिहरू खारेज गरेपछि आन्दोलित बनेका देशभरका यातायात व्यवासयीले आइतबार यातायात कार्यालयहरूमा घेराउ र नाराबाजी गरेको देख्दा सर्वसाधारणले भने त्यसलाई जात्राको संज्ञा दिएका छन्।
आफ्नो पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुरुप राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका पदाधिकारी, अम्विकेश्वरी यातायात व्यवसायीका पदाधिकारी तथा मजदूरहरू बिहान दश बजेपछि यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरको कार्यालय घेरेर नाराबाजी गरेको देखेपछि कार्यालय परिसरमै फेला परेका राजेश डाँगीले त्यसलाई यातायात व्यवसायीको ज्याजतीको संज्ञा दिए।
‘म लाइसेन्स रिन्यू गर्न आएको थिए। तर एक घन्टा भयो भित्र प्रवेश गर्न पाएको छैन,’ डाँगीले भने।
उनले कार्यालयको सुरक्षाको लागि आएका पुलिस र सशस्त्र प्रहरीले कार्यालय अगाडि नाराबाजी गर्दै हुलहुल्लज गर्ने यातायात व्यवसायीलाई प्रहरीले पक्राउ गर्नुपर्ने बताए।
‘ यतिका सुरक्षाकर्मी छन्। तर उनीहरू सरकार विरुद्ध चर्कौ नारा सुनेर बसेका छन्,’ सविता सुनारले भनिन्।
सवारी कर तिर्न आएकी उनले आन्दोलनका कारणभित्र प्रवेश गर्न नपाएको गुनासो गरिन्।
https://www.facebook.com/setopati/videos/1872146589522572/







