आगामी फागुन २ र ३ गते पोखरामा औषधिजन्य वनस्पति तथा जैविक विविधता सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
पोखरा विज्ञान प्रविधि तथा अनुसन्धानमुलक संस्था सात्विक नेपालको आयोजना तथा त्रिवि कृषि तथा वन विश्वविद्यालयको सहआयोजनामा सम्मेलन हुन लागेको हो।
सम्मेलन संयोजक डा. अमृत पौडेलले हिमालय क्षेत्रको जैविक सम्पदाको अधिकतम सदुपयोगका संभावनाहरु प्रष्ट्याउन सम्मेलन आयोजना गरिएको बताए।
सम्मेलनमा नेपाल, भारत, जापान, दक्षिण कोरिया, जर्मनी, बंगलादेश, नर्वे लगायत देशका विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ। सम्मेलनबाट जैविक विविधता तथा स्रोतको क्षेत्रमा कार्यरत विज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थीहरु लाभान्वित हुने आयोजकको विश्वास छ।