बुधबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा यस दिन ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन यो मूल्य ५९ हजार २ सय रुपैयाँ थियो। यो फाइन गुणस्तरको अर्थात ९९. ९ प्रतिशत शुद्ध सुनको मूल्य हो। ९९. ५ प्रतिशत शुद्ध अर्थात स्टान्डर्ड सुनको मूल्य प्रतितोला ५८ हजार ४ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ७७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी यस दिन ७६५ कायम भएको महासंघले जनाएको छ।