गएराति देखि दाङमा दूरसंचार सेवा अवरुद्ध रहेको छ। नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाईन फोन समेत विग्रिएपछि दाङ जिल्लामा संचारसेवा अवरुद्ध भएको छ। जिल्लामा इमेल इन्टरनेट सेवा समेत प्रभावित भएको छ।
घोराही नजिकैको कटुवा खोलामा जमिनमुनी विच्छाइएको अप्टिकल फाईबर चुडिएको हुँदा गएराति सवा ११ बजेदेखि दाङको ल्याण्डलाई फोन र नेपाल टेलिकमद्धारा सञ्चालिन सबै प्रकारको सेवा अवरुद्ध भएको दुरसञ्चार कार्यालय राप्ती तुलसीपुरका प्रमुख बलराम जोसीले जानकारी दिए । तर, जिल्लामा एनसिएलको फोन भने सूचारु रहेको छ ।
तुलसीपुरको कार्यलयदेखि २७ किलोमिटर पूर्व कटुवाखोलामा अप्टिकल फाईबर चुडिएपछि फोन सेवा अबरुद्ध भएको र मर्मतका लागि प्राविधकहरु विहान ४ बजे नै खटाई सकेको कार्यालय प्रमुख जोसीले बताए ।
अप्टिकल फाईबर कसरी चुडिनपुग्यो भन्ने वारेमा भने एकीनका साथ भन्न नसकिने उनले बताए । कटुवा खोलामा पुल निर्माण हुँदै आएकोले खन्ने क्रममा स्काभेटरले चुडाएको हुन सक्ने वा बुधवार जिल्ला बन्द आह्वान गरेको बिप्लव समेत उक्त कार्य गरेको हुन सक्ने आशंका गरिएको छ । मर्मत कार्य जारी रहेकोले अबको केही घन्टामै सेवा सूचारु हुने उनले बताए ।