पहिले–पहिले तिहारमा माटोको पाला(दियो) ले घर झिलिमिली पारिन्थ्यो। बिस्तारै पालालाई बिस्थापित गर्दै मैन बत्तिको प्रयोग बढ्यो। मैन बत्तिको प्रयोग बढ्नुमा लोडसेडिङलाई पनि प्रमुख कारक मानिन्छ।
अहिले भने इलेक्ट्रिक बत्तिको प्रयोग ब्यापक छ। यसो भन्दैमा अहिले पाला र मैन बत्तिको प्रयोग हुदैँन भन्ने होइन। कतिपयले घरमा जतिसुकै आधुनिक बत्ति प्रयोग गरेपनि पाला र मैन बत्तिको पनि प्रयोग पहिलेको तुलना जति नभएपनि कम देख्न सकिन्छ।
डेढ दशक अघि मात्र पनि हुने–खाने, धनाढ्यको घरमा मात्र प्रयोग हुने यस्ता झिलिमिली बत्तिको प्रयोग अहिले बिजुली पुगेको नेपालमा प्राय सबै गाँउमा प्रयोग हुने गरेको छ।
चीनले यस्ता बत्ति सस्तोमा बनाउन थालेपछि यसको प्रयोग बढेको ब्यापारीहरु बताउँछन्। तिहार लागे सँगै नेपालका मल, सपिङ कम्प्लेक्स लगायत सामान्य घरहरु पनि दुलही झैँ सिगारिन्छन् ।
सामान्य झिलिमिली बत्तिको प्रयोग त यसै बढ्दो छ तर पछिल्ला केही वर्ष यता फरक प्रकारका ‘एन्टिक’ बत्तिहरुको प्रयोग पनि बढ्दो क्रममा रहेको काठमाडौं महाबौद्धका ब्यापारी कृष्ण रेग्मी बताउँछन्।
बजारमा देखिएका केही एन्टिक बत्तिहरु यस्ता छन्।
ट्री लाइटट्री लाइट हेर्दा रुखको हाँगा जस्तै हुन्छ। बिजुलीमा जोडेपछि यसमा जडित बत्तिहरु बल्छन।
यो लाईट घरको ढोका, पुजाकोठा, टेबलमा राख्ने गरिन्छ। यो लाईट धेरै प्रकारको हुने हुदाँ मूल्य पनि फरक छ। यसको मूल्य ३ सय ५० देखि १४ सय सम्म पर्ने ब्यापारीहरुले जानकारी दिए।
डिस्को लाइटडिस्को लाईटको प्रचलन केही वर्ष अगाडी प्रचलनमा आउन थालेको हो। यसलाई पार्टी लाइट पनि भनिन्छ।
यो लाईट उचाईमा राखिन्छ र यसले थरी थरी रङको उज्योलो दिने गर्दछ। डिस्को लाईट पनि धेरै प्रकारको हुन्छ। यो लाईट सस्तोको ७ सय देखि महंगोको १५ सयसम्म पर्ने ब्यापारीहरु बताउँछन्।
लेजर लाइटलेजर लाइटको लोकप्रियता पनि बढ्दो क्रममा छ। यसलाई उचाइमा र भुई दुबै ठाँउमा राखेर बाल्न सकिन्छ। यो लाइट उचाईमा राख्ने हो भने भुईमा थरी थरीको प्रतिबिम्ब बनाउछ। त्यस्तै कसैले यसलाई भुइँमा राखेर घरको भित्तामा लाईट पर्ने गर्दछन्।
यसले निकै टाढासम्म प्रकाश फ्याक्छ। लेजर लाईट एकै प्रकारको हुदैँन। यसको भएका फिर्चस अनुसार १ हजार देखि १५ सय सम्म पर्ने ब्यापारीहरुले जानकारी दिए।
लोटस लाइटसामान्यतया लोटस लाईट सजावटको लागि प्रयोग गरिन्छ। यो घर भित्र टेबलमा, पुजा कोठा लगायतका ठाँउमा राख्ने गरिन्छ। यसको मूल्य डिजाइन अनुसार ५ सय देखि ७ सयसम्म पर्छ।
एलइडी फ्रेमएलइडी फ्रेम तिहारमा मात्र नभई अन्य समयमा पनि प्रयोगमा आउने गर्दछ। धेरैले यही फ्रेमको माध्यमबाट आफ्नो पसलको नाम लेखेर टाँग्ने गरेका छन्।
त्यस्तै तिहारमा शुभ दिपावली लेखेको, भगवानका अकृति भएको फ्रेमहरु प्रयोगमा आउने गरेका छन्। यस्ता एलइडी फ्रेमलाई ६ सय देखि ८ सयसम्म पर्ने ब्यापारीहरु बताउँछन्।
होल्डर लाईटहोल्डर लाईट लाई डिस्को लाईटको सानो रुप हो भन्दा पनि फरक पर्दैन। तर यसलाई हाम्रो घरमा भएको साधारण होल्डरमा फिट गर्न सकिन्छ।
यो लाईट अन गर्ने बित्तिकै घुम्न थाल्छ रङ्गी बिरङ्गी बिरङ्गी उज्यालो छर्छ। यसको मूल्य डिजाइन अनुसार १ सय ५० देखि ४ सय ५० रुपैयाँसम्म पर्ने ब्यापारीहरुले जानकारी दिए।