ओमानले गार्डेनर, ड्राइभर, हेल्पर, बार्टेन्डर तथा कृषिसँग सम्वन्धित श्रमिकलाई घरेलू कामदारको रुपमा व्याख्या नगर्ने भएको छ।
ति कामहरु अन्य पदसरह हुने जनाउँदै उसले घरेलू कामदारको दायरा संकुचन गराएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयअनुसार ओमानस्थित रोयल कोर्ट एफियर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ ओमान र मुस्काट मन्सिपालिटीमा ति क्षेत्रका कामदारलाई पदीय हैसियत दिइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
यसबाट नेपाललाई राहत पुग्ने एम्बेसीको विश्वास छ। हाल सरकारले घरेलु कामदारका रुपमा महिलालाई बाहिरी देशहरुमा जान प्रतिबन्द गरेको छ।