गोर्खा इको प्यानलको प्रयोगबाट धादिंङस्थित सिद्धलेख गाउँंपालिका वडा नं १ को वडा भबन निर्माण सम्पन्न भएको छ । इँटाको सट्टा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री गोर्खा इको प्यानलबाट एकतले वडा भवन निर्माण सम्पन्न भएको हो ।
सिद्धलेख गाउँंपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले तीव्र रुपमा निर्माण सम्पन्न हुने गोर्खा इको प्यानल जस्ता निर्माण सामाग्रीको प्रयोगबाट पुननिर्माण थाल्नुपर्नेमा जोड दिएका थिए।
सरकारी कार्यालयहरुबीचकै आपसी समन्वयको अभाबमा पुननिर्माणमा ढिलाई भइरहेको कार्यक्रमका सहभागीको धारणा थियो। शिक्षा मन्त्रालयबाट पुननिर्माणका लागि स्वीकृत प्राप्त निमाण सामाग्री पुनः पुननिर्माण प्राधीकरणबाट स्वीकृति लिनुपर्दा समस्या रहेको कार्यक्रममा उत्पादक पक्षको भनाइ छ।
गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले एउटा सरकारी निकायले पास गरेको डिजाइन र नक्सालाई अर्काे सरकारी निकायले पास गरी नदिंदा पुननिर्माणमा ढिलाई भएको बताए।