गंगबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा बिहीबारदेखि ‘मनसुन फेस्ट सेल’ मेला हुने भएको छ। १७ दिने यो मेलाअवधिभर सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ।
सेल अवधिमा ग्राहकहरुले दैनिक रुपमा विभिन्न उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए। उनले भने ‘मेला अवधिभर विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, जुत्ता चप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्री लगायत मलमा उपलब्ध विभिन्न सामाग्रीमा आकर्षक छुटको समेत व्यवस्था गरिएको छ।’
ग्राहकले पचास प्रतिशत छुटसम्म किनमेल गर्नसक्ने कार्यक्रम संयोजक हिरामणी तिमल्सिनाले जानकारी दिए। मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा रहेका छन्।
साथै ‘मनसुन फेस्ट सेल’अवधिभर मनोरञ्जनात्मक तथा सांगीतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।