सानिमा बैंकको अगुवाइमा पिपल्स इनर्जी लिमिटेडले रामेछापको रस्नालु र दोलखाको हावा तथा ठूलो पातल गाविसमा पर्ने ४८ दशमलव ८ मेगावाटको खिम्ती दोस्रो जलविद्युत परियोजन ानिर्माण गर्ने भएको छ।
परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ। परियोजनामा सानिमा, सिद्धार्थ, नबिल, जनता, एनआईसी एसिया, एनएमबी, बैंक अफ काठमाडौ, सिभिल, ग्लोबल आइएमई र एनसीसी बैंकले पचहत्तर प्रतिशत लगानी गर्ने छन्। बाँकी २५ प्रतिशत लगानी पिपल्स इनर्जीको हुनेछ।
उक्त परियोजना सम्पन्न हुन चार वर्ष लाग्ने र परियोजनाले वार्षिक छब्बीस करोड युनिट बिजुली उत्पादन गर्नेछ।