सागर डिष्टिलरीको आइपिओ बाँडफाँट भएको छ।
आवेदन दिएका सर्वसाधारणमध्ये एक लाख १९ हजार सय ६० जनाले सेयर पाएका छन्। सबै आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन्।
आइपिओमा २१ लाख ९३ हजार ८ सय २३ जनाले आवेदन दिएका थिए। कुल दुई करोड ३८ लाख ८२ हजार २ सय १० कित्ताको सेयर माग गर्दै आवेदन परेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ।