स्काइपिक एड्भेञ्चर्स पार्कले आइपिओ ल्याउने भएको छ।
कम्पनीले कात्तिक १ गते हुने वार्षिक साधारण सभाबाट १८ करोड ६ लाख ६४ हजार रूपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने बताएको हो।
बन्दिपुर स्काई वाक कम्पनीले नाम परिवर्तन गरी स्काइपिक एड्भेञ्चर्स पार्क लिमिटेडमार्फत् आइपिइओ ल्याउने भएको हो।
८८ करोडको जारी पूँजी रहेको यस कम्पनीले विश्वस्तरीय साहसिक पर्यटन केन्द्र बनाउने लक्ष्यसहित १५ भन्दा बढी सुविधा र गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ।
आकर्षणमा ९७ मिटर लामो क्यान्टिलिभर ग्लास वाक, बञ्जी जम्प, सोप स्विङ, फ्लाइ डाइनिङ, एटिभी सफारी, भ्यू टावर, एज वाक र १०८ फिट अग्लो आदियोगी मूर्ति लगायत छन्।
करिब १ अर्ब ७० करोड लागत रहेको यो परियोजनाको लागि कम्पनीले ८८ करोड सेयर पूँजी र ८२ करोड रूपैयाँ बैंक ऋणमार्फत लगानी जुटाउने जनाएको छ।
चरणबद्ध रूपमा सञ्चालन हुने सुविधा आगामी ६ महिनाभित्र व्यावसायिक रूपमा सुरु हुने र बाँकी १८ महिनाभित्र सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
व्यवसाय सञ्चालनपछि कम्पनीले वार्षिक नाफाबाट नगद लाभांश वितरण गर्ने दाबी गरेको छ।यो आइपिओलाई नेपालको साहसिक पर्यटन क्षेत्रमा ठूलो लगानीको संकेतका रूपमा हेरिएको छ।