सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजीको ७.३६८५ प्रतिशतका दरले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७००.१५ रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
यो लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ।