पुँजी बजारमा विकसित विसङ्गती तथा समस्या अध्ययन गर्न कार्यदल गठन भएको छ। शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले ४ सदस्य रहेको कार्यदल गठन गरेका छन्।
नेपाल धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन भएको हो।
अन्य सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेप्सेका कामु नायब प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल र अर्थमनत्रालयका उपसचिव शरद निरौला छन्।
अर्थमन्त्रिस्तरको बैठकले कार्यदल गठन गरेको हो।
आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको लागि ठोस सुझाव र कार्यान्वयन कार्ययोजना पेश गर्न कार्यदललाई पाँच दिनको समय तोकिएको छ।
