नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा ७८ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार यो कर्जा ९४ हजार ९२० जना ऋणीहरूले लिएका छन्।
यो कुल कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा कृषि र महिला उद्यमशीलतामा गएको छ।
कृषि तथा पशुपंक्षी व्यवसायका लागि ३५ हजार ८६१ जनाले ५७ अर्ब ५५ करोड रुपैयाँ ऋण लिएका छन् भने महिला उद्यमीका लागि ५७ हजार ६३६ जनालाई २० अर्ब ९ करोड रुपैयाँ कर्जा दिइएको छ।
यसका साथै, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकहरूअन्तर्गत १ हजार ४२३ जनाले १ अर्ब २ करोड रुपैयाँ ऋण लिएका छन्।