स्ट्याण्डर्ड चार्टर्ड बैंकले सात वर्षकै उच्च लाभांश घोषणा गरेको छ।
बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
बैंकले ६.५ प्रतिशत बोनस सेयर र करसहित १९ प्रतिशत नगद प्रस्ताव गरेको हो।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुन र बैंकको साधारण सभाबाट पारित हुन बाँकी छ।