एनआइसी एशिया बैंकको नाफा ३३७ प्रतिशतले घटेको छ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७० करोड रूपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा बैंकले १६ करोड रुपैयाँ नाफा गरेको हो।
बैंकको खुद ब्याज आम्दानी सामान्य घटेको र अघिल्लो पटकभन्दा प्रावधान बढी राखेको छ। यसैले गर्दा नाफामा प्रभाव परेको हो।
बैंकले अघिल्लो पटक तीन अर्ब ८० करोड प्रावधान राखेको बैंकले यस पटक चार अर्ब १४ करोड प्रावधान राखेको छ।
बैंकको खुद ब्याज आम्दानी १० अर्ब ७६ करोडबाट घटेर १० अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ।
बैंकको वितरण योग्य मुनाफा ५ अर्ब २१ करोड रुपैयाँले ऋणात्मक छ।
बैंकले लाभांश दिन सक्ने देखिँदैन। बैंकले ब्याज नउठेका कारण नियामकीय प्रावधानमा ४६ करोड १६ लाख रूपैयाँ राखेको हो।
बैंकको खराब कर्जा ३.४५ प्रतिशतबाट बढेर ६.२८ प्रतिशत पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ०८पैसा छ। यस अघि यस्तो आम्दानी चार रूपैयाँ ७० पैसा थियो। बैंकको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ३० पैसा छ।