ग्लोबल आइएमई बैंकले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालका बिमा योजना बिक्री गर्ने भएको छ। बैंक र एलआइसीबीच मंगलबार बैंकास्योरेन्स सम्झौता भएको छ।
सम्झौतापत्रमा एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदार र बैंकका समकक्षी जनक शर्मा पौडेलले हस्ताक्षर गरे।
सम्झौतासँगै सर्वसाधारणले एलआइसी नेपालका विभिन्न जीवन बिमा योजना र बिमा सेवा ग्लोबल आइएमई बैंकका देशभरका शाखाहरुबाट लिन सक्नेछन्।
ग्लोबल बैंकका देशभर १२२ वटा शाखा र चारवटा एक्सटेन्सन काउन्टर छन्। एलआइसी नेपालले एक दर्जनभन्दा बढी जीवन बिमा योजना बिक्री गरिरहेको छ।