नेपाल राष्ट्र बैंकले सम्पूर्ण यातायात समितिका बैंक खाता रोक्का गर्न बैंकहरुलाई निर्देशन जारी गरेको छ।
अर्थ मन्त्रालयले पठाएको पत्रअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा भएका यातायात समितिका खाताहरु रोक्का गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए।
समितिका खाता रोक्का भइसकेपछि समितिका नाममा कुनै पनि बैंक तथा वित्तीय संस्थामा भएको रकम झिक्न मिल्दैन। यसले सम्पत्ति सुद्धीकरणका सम्वन्धमा हुने छानविन तथा अनुसन्धानलाई मद्दत पुग्ने पौडेलले बताए। अर्थले फुकुवा गर्न निर्देशन नदिएसम्म खाता रोक्का रहने उनले बताए।
यसअघि सम्पूर्ण यातायात समिति खारेज भएसँगै सरकारले समितिका नाममा भएका बैंक खाता रोक्का गर्न निर्देशन दिएको थियो।