सेयर बजारको परिसूचक नेप्से आइतबार १२ अंकले झरेको छ।
कारोबार सुरु भएदेखि नै रातो अंकमा रहेको नेप्से अन्तिम समयसम्म मन्द गतिमा झरेर १३५३ अंकमा कायम भयो।
यस दिन कारोबार पनि बढ्न सकेन। १६० कम्पनीको ३६ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भयो।
फाइनान्स समूह १ अंकमुनि हरियो रहयो भने अरु सबै समूह घटेका छन्। बैंकिङ ११, होटल ३१, विकास बैंक १३, जलविद्युत १९, बिमा ६८, उत्पादन ८, अन्य ६ र माइक्रोफाइनान्स समूह ७ अंकले ओर्लिए।
कारोबारका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको २ करोडको किनबेच भयो। बजार मूल्य प्रतिकित्ता ३५३ कायम भएको छ।
बुटवल पावरको १ करोड ८९ लाखको कारोबार भयो भने मूल्य पनि घटेर ४९२ कायम भएको छ। एफपिओको बाँडफाँड भई सेयर डिम्याट खातामा जम्मा भएपछि कम्पनीको कारोबार बढेको हो। कम्पनीले प्रतिकित्ता ५ सयमा एफपिओ बिक्री गरेको हो।
नेपाल लाइफ इन्स्योरेन्स, स्वदेशी लघुवित्त, शिखर इन्स्योरेन्सको १–१ करोडमाथिको कारोबार भयो। एभरेष्ट बैंकको कन्भर्टिवल प्रिफरेन्स सेयरको मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले बढ्यो। सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ४ प्रतिशत कमाए।
गुमाउनेमा संग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ६ प्रतिशतले घटेको छ।