नेपाल धितोपत्र बोर्डले बैशाख महिनाभित्र ग्राहक पहिचान विवरण अर्थात केवाईसी फारम नभर्नेको सेयर कारोबार नगर्न निर्देशन दिएको छ।
पहिचान विवरण भर्न ब्रोकर कम्पनीहरुलाई पहिले नै निर्देशन जारी गरेकाले यसमा अब ढिलो गर्न नहुने भन्दै बोर्डले यस्तो निर्देशन दिएको हो।
यसबाट धितोपत्र बजार थप पारदर्शी बन्ने बोर्डको विश्वास छ। बोर्डको निर्देशनपछि ब्रोकर कार्यालयहरुले बैशाखभित्र सम्पूर्ण ग्राहकलाई केवाईसी फारम गर्न आग्रह गरेका छन्।
नागरिकताको प्रतिलिपी तथा फोटो, प्यान कार्डको प्रतिलिपी लिएर सम्बद्ध ब्रोकर कार्यालयमा गई यस्तो फारम भर्न सकिनेछ।