नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड भएको छ। कम्पनीले बैशाख १२ देखि १६ गतेसम्म आइपिओ बिक्री गरेको थियो।
१७ र १८ गते सार्वजनिक बिदा परेको थियो भने २२ गते शनिबार थियो। सार्वजनिक बिदा कटाउँदा तीन दिनमै कम्पनीले आइपिओ बाँडफाँड गर्न सफल भएको छ।
सिआस्बा प्रणालीबाट आवेदन अनिवार्य गरिएपछि एक साताभित्रै आइपिओ बाँडफाँड हुन थालेको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलले एक कार्यक्रमको आयोजना गरी आइपिओ बाँडफाँड गरेको हो।
बाँडफाँडअनुसार कुल १६ हजार ७४० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। कुल १ लाख ६७ हजार ४ सय कित्ता सेयर सर्वसाधारणले पाएका छन्।
कम्पनीले कुल १ लाख ८० हजार कित्ता सर्वसाधारण समूहको सेयर जारी गरेकोमा ३ हजार ६ सय कित्ता कर्मचारी र ९ हजार म्युचुअल फण्डका लागि छुट्याइएको थियो।