सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा तुलसीराम गौतमले कार्यभार सम्हालेका छन्। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गौतमलाई बैंकको सञ्चालक समिति तथा कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले स्वागत गरे।
नायव प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराईले विगत ७ महिना देखि कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा रही बैंक सम्हाल्दै आएका थिए।
नवनियुक्त सिइओ गौतम अनुभवी बैंकरको रुपमा परिचित छन्। नेपाल बैंकबाट बैंकिङ्ग सेवा सुरु गरेका उनले उक्त बैंकमा १३ वर्ष बिताए।
नेपाल इण्डोस्वयज बैंकमा ७ वर्ष, नेपाल एसबीआई बैंकमा १० वर्ष बिताएका गौतमले यसअघि माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रही ४ वर्षको कार्यकाल पूरा गरेका छन्।
गौतमले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर गरेका छन्। उनको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले बैंकिङ्ग जगतमा विशिष्ट पहिचान बढाउँदै अगाडि बढ्ने बैंकले विश्वास लिएको छ।
बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु, ५ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु तथा ३ वटा एक्स्टेन्सन काउन्टर संचालनमा छन्।