ग्लोबल आइएमई बैंकले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका पोखरी बजारमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।
बैंकको यो ५४ औ शाखारहित सेवा हो। पोखरी बजारमा सुरु गरिएको सेवाको लागि स्थानीय मनमाया लिम्बुलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको पोखरी बजारका बासिन्दालाई बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ।
असोज मसान्तसम्म १ खर्व ४ अर्ब निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी गरेको बैंकका हाल १०८ वटा शाखाहरु छन्।
१४ राजश्व संकलन काउन्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।