साताको अन्तिम दिन पनि सेयर बजार हरियो अंकमा बन्द भएको छ। बजारको परिसूचक नेप्से १ दशमलव ५५ ले बढेर १५३७ अंकमा अडेको छ।
१६४ कम्पनीको ७४ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच भयो। कारोबार रकम अघिल्लो दिनको तुलनामा भने कम हो। बुधबार १ अर्ब ५ करोडको कारोबार भएको थियो।
विकास बैंक, फाइनान्स र उत्पादन समूह घटे। विकास बैंक ७, फाइनान्स ३ र उत्पादन उपसूचक ७ अंकले घटे। त्यस्तै बैंकिङ र अन्य उपसूचकको वृद्धिदर १ अंकमुनि रह्यो। होटल २५, जलविद्युत २१, बिमा २० र माइक्रोफाइनान्स सूचक ६ अंकले घटे।
युनाइटेड इन्स्योरेन्स कारोबारका आधारमा अग्रस्थानमा रह्यो। उसको ४ करोड ५५ लाखको कारोबार हुँदा मूल्य १३४७ कायम भएको छ।
बुटवल पावर र चिलिमे कम्पनीको पनि ४–४ करोड बढीको कारोबार भयो। नेपाल बैंक, टेलिकम पनि कारोबारका आधारमा अगाडि देखिए।
नाफाका आधारमा पनि युनाइटेड इन्स्योरेन्सका लगानीकर्ता नै अगाडि रहे। सो कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। यसैबीच युनिलिभर नेपालको म्यानेजिङ डाइरेक्टरका रुपमा आशिष राई नियुक्त भएका छन्।