दुई कम्पनी एफपिओ निश्कासनको तयारीमा जुटेका छन्। प्रिमियर इन्स्योरेन्स र बुटवल पावर कम्पनीले एफपिओ (फर्दर पब्लिक अफरिङ) निश्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन्।
बुटवल पावरले ४० लाख ८१ हजार तथा प्रिमियरले ६ लाख ५९ हजार ५६५ कित्ता एफपिओ निश्कासन गर्नका लागि अनुमति मागेका हुन्।
प्रिमियरको एफपिओ बिक्री प्रवन्धकको रुपमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीले प्रतिकित्ता १ हजार ४ रुपैयाँका दरले एफपिओ जारी गर्ने प्रस्ताव गरेको छ। बिहीबार बजार बन्द हुँदा उसको सेयर मूल्य प्रतिकित्ता १४७५ रुपैयाँ छ। यद्यपी कम्पनीको एफपिओ मूल्य निकै उच्च देखिन्छ।
बुटवल पावरले यसअघि प्रतिकित्ता ५१८ रुपैयाँ एफपिओको मूल्य तोकेको थियो। यद्यपी मूल्यका सम्वन्धमा बोर्डले उपयुक्त भए नभएको अध्ययन गरेर मात्रै तय हुनेछ। बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ६५० रुपैयाँ छ। बुटवल पावरको सेयर बिक्री प्रवन्धकका रुपमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।