एनआईसी एसिया बैंकले दार्चुला र ओखलढुङ्गामा दुई नयाँ शाखाहरु संचालनमा ल्याएको छ।
दार्चुलाको महाकाली नगरपालिका तथा ओखलढुङ्गाको सिद्घिचरण नगरपालिकामा बैंकका शाखा संचालनमा आएका हुन्। महाकाली शाखाको नगरपालिकाका मेयर हंस राज भट्ट तथा दार्चुलाको ओखलढुङ्गा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले उद्घाटन गरे।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ।