सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ६६ औं शाखा महोत्तरीको औरहीमा संचालनमा ल्याएको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त शाखाबाट कारोवारको शुभारम्भ गरे।
योसहित सिटिजन्सको ६६ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएको छ। बैंकका ३ लाख ५० हजार सेवाग्राही छन्।
बैंकले प्रसादसिंह उच्च माध्यमिक विद्यालयलाई दुई थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण समेत गरेको छ।