सवारी साधनको लागि महाकुम्भ मानिने ‘नाडा अटो शो’ मंगलवारदेखि राजधानीको भृकुटीकण्डपमा सुरू भएको छ।
अटो व्यवसायीहरु विभिन्न हत्कन्डा अपनाएर अवलोकनकर्ताको ध्यान तान्न लागिपरेका छन्। यो अवसरमा ब्यवसायीले विभिन्न छुट तथा अफरहरु पनि ल्याएका छन्।
करिब सबैजसो कम्पनीले दशैं, तिहार, छठ लक्षित योजनाहरु नाडा शोमै सार्वजनिक गरेका छन्। सामान्यतया विकशित देशहरुमा गरिने अटो शोमा प्रदर्शनि मात्र हुने भए पनि नेपालमा भने अर्डर पनि लिने गरिन्छ।
प्रर्दशनिमा धेरै प्रकारका र मूल्यका गाडीहरु राखिएको छ। पछिल्लो समय नेपालमा महंगो गाडीको क्रेज बढ्दो क्रममा छ। यहि क्रेजलाई मध्यनजर गर्दै कम्पनीहरुले यस्ता प्रकारका गाडी भित्राईरहेका छन्।
यस्ता छन् नेपालमा पाहिने १ करोड भन्दा बढी महंगा गाडीहुण्डाई
– टुसान जिएलएस हाई ट्रिम अटोमेटिक
१९९५ सिसि डिजेल इन्जिन
१ करोड २९ लाख ६ हजार
– सान्ता फी जिएलएस हाई ट्रिम
२१९९ सिसि डिजेल इन्जिन
१ करोड २२ लाख ९६ हजार
होण्डा–सिआरभि आरभिएसआई
१९९७ सिसि
१ करोड ७ लाख ७५ हजार
पुँजो
– ३००८ जिटी लाइन
१५९८ सिसि
१ करोड १० लाख
सुबारु
–फरेस्टर २.० केइक्युइ
१ करोड ८ लाख
–फरेस्टर २.० केइ५इ
१ करोड १० लाख
–एक्सभि २.० केसि४वाई
१ करोड १ लाख
फक्सवागन–टिग्वान २.० लिटर, सेमिलोडेड
१९८४ सिसि पेट्रोल इन्जिन
१ करोड १३ लाख
–टिग्वान २.० लिटर लोडेड
१९८४ सिसि पेट्रोल इन्जिन
१ करोड २८ लाख
– टिग्वान २.० लिटर, सेमिलोडेड
१९६८ डिजेल इन्जिन
१ करोड १७ लाख
– पसाट सिसि १.८ लिटर
१७९८ सिसि पेट्रोल इन्जिन
१ करोड १४ लाख
स्कोडा– न्यु सुपर्व टिडिआई अटोमेटीक
९८६८ सिसि डिजेल इन्जिन
१ करोड १६ लाख
किया– सोरेन्टो २.२ अटोमेटिक
१ करोड २५ लाख
फोर्ड– ट्रेन्ड ३.२ अटोमेटिक
१ करोड २१ लाख
– टाइटेनियम ३.२ अटोमेटिक
१ करोड ३४ लाख