सिप्रदी ट्रेडिङले सोल्टी क्राउन प्लाजालाई हाईलिफ्ट्स क्याटरिङ च्याम्प हस्तान्तरण गरेको छ। नेपालको लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदीले बुुधबार राजधानीमा सोल्टी क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गरी उक्त च्याम्प हस्तान्तरण गरेको हो।
कम्पनीका अनुसार उक्त गाडी हवाईजहाज भित्र खाना ढुवानी गर्न प्रयोग गर्न सकिने छ। टाटा १६१३ को च्यासिसमा निर्मित उक्त च्याम्पस् अन्तराष्ट्रिय सुरक्षा मापदण्ड अनुुसार तयार गरिएको दावी कम्पनीले गरेको छ। तीन हजार केजी सम्मको वजन बोक्न सक्ने क्षमता रहेको उक्त गाडि चलाउन र मर्मत गर्न निकै नै सजिलो छ।
गाडिको पछाडिको भाग पनि उचाल्न मिल्ने भएकाले लोड, अनलोड गर्न समेत सजिलो हुुने कम्पनीले जानकारी दिएको छ। साधारण क्याटरिङ च्याम्प भन्दा यसको बडीमा स्याण्डवीच कम्प्रेस्ड प्यानल ले खानामा ताजापन कायम नै राख्ने छ।
कम्पनीका अनुसार यसमा जडान गरिएको पिटिओ, डिसी मोटर ह्याण्ड पम्प, सहजताको लागि क्यामेरा र चालकको क्याविनमा रहेको अपरेटिङ प्यानलले गर्दा यो च्याम्प अन्यको तुुलनामा फरक र उत्कृष्ट छ।