नेपालको लागि ‘सुजुकी टू ह्वीलर्स’को आधिकारिक वितरक भिजी अटोमोबाइल्सले थाइल्याण्डमा टू ह्वीलर्सका डिलरहरुको सम्मेलन सम्पन्न गरेको छ।
नयाँ र पुराना डिलरहरुसँगको सम्बन्धलाई अझ कसिलो बनाउने उद्देश्यले यस्तो सम्मेलन गरिएको भिजीले जनाएको छ। सम्मेलनमा नेपालभर रहेका सुजुकी टू ह्वीलर्सका ७० वटा शोरुमका सबै वितरकहरुको उपस्थिति रहेको थियो।
विगतका रणनीतिको समीक्षा र आगामी दिनको योजनाका सम्बन्धमा सम्मेलनमा छलफल भएको भिजीका सिइओ चिरञ्जिवी शाहले जानकारी दिए।
सम्मेलनमा बेस्ट डिलर अवार्डद्वारा गत वर्षमा उत्कृष्ट कार्य गर्ने धरानका वितरक नवदुर्गा अटो प्यालेसलाई सम्मानित गरिएको छ।