नेपालका लागि दिपल लक्जरी इभीका अधिकृत विक्रेता एमएडब्लु वृद्धिले आफ्नो फ्ल्यागसिप मोडल दिपल एस–०७ आइसिएमा ‘बाइब्याक ग्यारेन्टी’ र ५ वर्षसम्म शून्य खर्च स्किम पुनः सुरू गरेको छ।
स्किमले ग्राहकको ‘रिसेल भ्यालु’को चिन्ता घटाउँदै इभी स्वामित्व अनुभवलाई अझ सहज बनाउने कम्पनीको रणनीति झल्काउँछ।
बाइब्याक कार्यक्रमअन्तर्गत ग्राहकले दोस्रोदेखि पाँचौँ वर्षभित्र जुनसुकै बेला पूर्व–निर्धारित मूल्यमा एमएडब्लु ग्रुपमै सवारी फिर्ता बेच्न सक्नेछन्।
यससँगै पाँच वर्षसम्म अटोप्लस बीमा, पिरियोडिक मेन्टेनेन्स, चार्जिङ खर्च र रोड ट्याक्स सबै कम्पनीले बेहोर्ने भएकाले ग्राहकलाई पूर्ण ‘शून्य खर्च’ अनुभव मिल्नेछ।
एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले दिपल एस–०७ आइसिएलाई नेपालको बदलिँदो मागसँग मेल खाने, आरामदायी र इन्टेलिजेन्ट एसयूभी रहेको बताएका छन्।
‘हाम्रो उद्देश्य ग्राहकलाई दीर्घकालीन विश्वास र पिस–अफ–माइन्ड प्रदान गर्नु हो,’ उनले भने।
दिपल एस–०७ आईसिएमा रहेका इन्डस्ट्री–फर्स्ट फिचर, दिपल एपमार्फत कहीं–कहींबाट कार नियन्त्रण गर्न सकिने सुविधा, हटस्पट, इन्टरनेट कनेक्टिभिटी, अमेजन म्युजिक–स्पटिफाई सपोर्ट र लाइभ नेभिगेसन जस्ता अत्याधुनिक प्रविधिले यसलाई लक्जरी इभी बजारमा थप प्रतिस्पर्धी बनाएको कम्पनीले जनाएको छ।