विद्युतीय सवारी साधनका पारखी धिरेन मान श्रेष्ठले बजाज चेतक विद्युतीय सवारी साधन (इभी) मा काठमाडौँदेखि लोमान्थाङ हुँदै कोरला सीमासम्मको कठिन यात्रा सफलतापूर्वक पूरा गरेका छन्।
श्रेष्ठको यो साहसिक यात्राले चेतक इभीको विश्वसनीयता र क्षमताको प्रमाण दिएको छ। 
‘मैले कहिल्यै सोचेको थिइनँ कि इलेक्ट्रिक स्कुटरले यति कठिन भौगोलिक क्षेत्र पार गर्न सक्छ,’ उनले भने, –चेतक इभीले स्मूथ पावर, राम्रो सस्पेन्सन र उत्कृष्ट रेञ्जका साथ यात्रालाई सहज र आनन्ददायी बनायो।’
उनको अनुभवले देखाएको छ कि इभीहरू केवल शहरी आवागमनका लागि होइन, उच्च हिमाली यात्राका लागि पनि सक्षम छन्।
बजाज चेतक इभीले नेपालमा व्यक्तिगत गतिशीलताको नयाँ परिभाषा बनाउँदै, वातावरणमैत्री, शक्तिशाली र स्टाइलिश सवारीको विकल्प उपलब्ध गराउँदै आएको छ।