चिनियाँ इलेक्ट्रिक सवारी निर्माता लिपमोटरले अघिल्लो महिना(अक्टोबर) मा ७० हजार भन्दा बढी सवारी बिक्री गरेको घोषणा गरेको छ।
कम्पनीका अनुसार यो गत वर्षको तुलनामा ८४ प्रतिशतले बढी हो, जसले लिपमोटरलाई चीनको अग्रणी नयाँ ऊर्जा सवारी स्टार्टअपको रूपमा सुदृढ बनाएको छ।
यो उपलब्धिले २०२५ मा लगातार आठ महिनासम्मको शीर्ष बिक्री प्रदर्शन कायम राखेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो रेकर्डले लिपमोटरको नवप्रवर्तन, गुणस्तर र दिगो गतिशीलताप्रतिको प्रतिबद्धता स्पष्ट देखाउँछ।
लीपमोटरले नेपालसहित विश्वव्यापी बजारहरूमा आफ्ना उन्नत र उच्च प्रदर्शनका विद्युतीय सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ।
कम्पनीका अनुसार यसले दिगो गतिशीलताका दिशामा विश्वव्यापी परिवर्तनलाई सहयोग पुर्याउँदै विद्युतीय यातायातको भविष्यलाई अगाडि बढाइरहेको छ।