बुधबारदेखि नाइमा मोबिलिटी एक्स्पो सुरू भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा यातायात (मोबिलिटी) क्षेत्रको योगदान निकै महत्वपूर्ण रहेको बताएका छन्।
नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको दाबी गरे।
उनले देशका महत्वपूर्ण सडक आयोजनाहरू जस्तै एक्सप्रेस-वे, हुलाकी सडक, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र काठमाडौं-निजगढ द्रुतमार्गको निर्माण कार्यलाई सरकारले तीव्रता दिइरहेको बताए।
उनले सहरी क्षेत्रको पूर्वाधारमा समेत सरकारले विशेष ध्यान दिएको र धुलो तथा हिलोमुक्त सडक बनाउने प्रतिबद्धता जनाए।
'सडक पूर्वाधार सरकारको उच्च प्राथमिकतामा छ,' उनले भने।
एक्स्पो उद्घाटन कार्यक्रममा नाइमा अध्यक्ष रितुसिंह वैद्यले प्रदर्शनीस्थलको अभावले समस्या भएको गुनासो गरेपछि अर्थमन्त्री पौडेलले त्यसको सम्बोधन गरेका हुन्।
उनले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणका लागि सरकारले बजेट विनियोजन गरिसकेको जानकारी दिए।
नाइमा अध्यक्ष रितुसिंह वैद्यले मोबिलिटी क्षेत्रको योगदानको बारेमा प्रकाश पारेकी थिइन्।
उनले यातायात क्षेत्रले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ७.३% र रोजगारीमा ४.७% योगदान गरेको बताएकी थिइन्।
नाइमामा हाल ५० भन्दा बढी ब्रान्ड आबद्ध रहेको र यस प्रदर्शनीमा ३५ नयाँ गाडी सार्वजनिक गरिने पनि उनले जानकारी दिइन्।
नाइका एक गैरनाफामूलक संस्था भएकाले नाफा इनोभेसनमा खर्च गर्ने र मोबिलिटी क्षेत्रको सीप प्रवर्द्धनका लागि फेलोसिप दिने काम गर्ने पनि वैद्यले बताएकी थिइन्।
एक्स्पो साउन २५ गतेसम्म भृकुटीमण्डपमा हुनेछ।
तस्बिरहरू:
-1754463270.jpg)
-1754463270.jpg)
-1754463270.jpg)
-1754463267.jpg)
-1754463268.jpg)
-1754463268.jpg)
-1754463269.jpg)
-1754463267.jpg)
-1754463266.jpg)
-1754463266.jpg)
-1754463265.jpg)
-1754463263.jpg)
-1754463264.jpg)
-1754463264.jpg)
-1754463265.jpg)