नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन नाइमाले पहिलो पटक काठमाडौंमा ठूलो अटो शो गर्दैछ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो नाम दिएको अटो शो यही साउन २१ गतेदेखि सुरू हुँदैछ।
५ दिनसम्म भृकुटीमण्डमा चल्ने अटो शोमा ५० ब्रान्डले सहभागिता जनाउने नाइमा नेपाल मोबिलिटी एक्स्पोका संयोजक शिरीष मुरारकाले जानकारी दिए।
उनका अनुसार ५० वटा ब्रान्डले ३५ वटा नयाँ प्रोडक्ट लन्च गर्नेछन्। यस पटकको नाइमा अटो शोमा भने चारपांग्रे र दुई पांग्रे गरी ९ वटा ब्रान्डले सहभागिता जनाउने छैनन्।
दिपल, सेरेस, स्कोडा, एक्सपिङ, टाटा, मारुती सुजुकी, हिरो र यामाहाले सहभागिता नजनाउने नाइमाले बताएको छ।
दिपल, सेरेस, स्कोडा र यामाहा एएडब्लु समूहको हो। एएडब्लु व्यवसायी बिष्णु अग्रवाल हो।
त्यस्तै एक्सपिङ र हिरो चौधरी समूहको हो जस्को नेतृत्व व्यवसायी विनोद चौधरीले गर्दछन्।
त्यस्तै अर्को अरुण चौधरी समूहको नेतृत्वको मारुती सुजुकी पनि नाइमा सहभागी नहुने भएको छ। अरुण चौधरीका छोरा करण चौधरी अटो मोबाइल एसोसिएसन नाडाका अध्यक्ष हुन्।
टाटाले पनि नाइमामा सहभागिता जनाउने छैन। सिप्रदीले नेपालमा टाटाका गाडी बेच्दै आएको छ। यसको नेतृत्व व्यवसायी सिद्धार्थ राणाले गरिरहेका छन्।
नाडाको पनि भदौमा अडा अटो शो हुँदैछ। नाइमामा सहभागी नहुने यी ब्रान्ड नाडा अटो शोमा भने देख्न सकिने छ।
नाडामा यी ब्रान्ड र बिवाइडी सहित केही ब्रान्डले सहभागिता जनाउँदै छन् भने नाइमामा ५० भन्दा बढी ब्राण्डका गाडी देख्न सकिनेछ।