न्यू इनर्जी भेइकल्स (एनइभिज) क्षेत्रमा विश्वकै अग्रणी सवारी निर्माता कम्पनी बिवाइडीले एक करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हाँसिल गरेको छ।
चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ–यु७ लाई कम्पनीले १ करोड ३० लाख सवारीको रुपमा सार्वजनिक गरेर सो उत्सव मनाएको हो।
सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बिवाइडीको बिक्री लगातार रुपमा बढिरहेको छ। गत जनवरीदेखि जुनसम्मको अवधिमा बिवाइडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ।
त्यसैगरी यही अवधिमा अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको छ।
यही उत्कृष्ट बजार प्रदर्शनका कारण ग्लोबल न्यू इनर्जी भेइकल बिक्रीमा बिवाइडी पहिलो स्थानमा रहन सफल भएको छ। त्यस्तै, एक करोड ३० लाख न्यू इनर्जी भेइकल सार्वजनिक गर्ने विश्वकै पहिलो सवारी निर्माता कम्पनी समेत बनेर यो उद्योगमै एक महत्वपूर्ण उपलब्धि हाँसिल गरेको छ।
प्रोडक्सन लाइनमा १ करोड ३० लाख सवारीको रुपमा न्यू इनर्जी भेइकल सार्वजनिक गरेको छ र यसले बिवाइडीले घरेलु र अन्तर्राष्ट्रिय दुवै बजार र प्रयोगकर्ताहरुको आशा र विश्वासलाई प्रतिविम्बित गरेको छ।
याङवाङ १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्डको रुपमा परिचित छ र उच्च–गुणस्तरीय उपभोक्ता बजारमा यसले प्राविधिक निपुणता र ब्रान्ड भ्याल्युका लागि छुट्टै पहिचान कायम गरेको छ।
याङवाङले प्राप्त गरेको निरन्तर उपलब्धिहरूले केवल उच्च–स्तरीय अटोमोबाइल क्षेत्रमा चिनियाँ ब्रान्डहरूको ऐतिहासिक फड्को मात्र जनाउँदैन, यसले न्यू इनर्जीको युगमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरूको प्रबल प्रतिस्पर्धात्मक क्षमता र औद्योगिक आत्मविश्वासलाई पनि प्रमाणित गरेको छ।