याडिया नेपालले नेपाली ग्राहकहरूका लागि एक विशेष उपहारमूलक अफर ल्याएको छ।
सुविधा, स्टाइल र शक्ति सबैमा अग्रणी स्कुटर दाबी गरिएको याडिया ई८एस प्रो को मूल्य अब १ लाख ८५ हजार रूपैयाँ मात्र तोकिएको छ।
यो भन्दा पहिले सो स्कुटर २ लाख ३० हजार रूपैयाँमा बिक्री भइरहेको थियो। यस अनुसार अब ग्राहकले पहिले भन्दा ४५ हजार रूपैयाँ कम मूल्यमै सो स्कुटर पाउने छन्।
याडियाको नेपालका लागि आधिकरिक वितरक कुजु नेपाल प्रालिले थप खुसी बाँड्दै प्रत्येक खरिदमा ग्राहकहरूलाई याडिया ब्रान्डको हेल्मेट, रेनकोट र पेन उपहार स्वरुप प्रदान गर्ने बताएको छ।
'हामीले पाएको विश्वव्यापी सफलताको श्रेय हाम्रा विश्वासिलो ग्राहकहरूलाई जान्छ। यो अफर उहाँहरूप्रतिको हाम्रो कृतज्ञता हो।' कुजु नेपाल प्रालिका प्रतिनिधिले बताए।
स्मार्ट, शक्तिशाली र आकर्षक इलेक्ट्रिक स्कुटर मानिने याडिया ई८एस प्रोमा शक्ति, प्रविधि र आरामको उत्कृष्ट संयोजन पाइन्छ।
यसको उच्चतम गति ६० किलोमिटर प्रतिघण्टा छ। यसमा ७२ भोल्ट, ३८ एएचको ग्राफिन ब्याट्री छ, जसले सिंगल चार्जमा १५० किलोमिटरको रेन्ज दिने बताइएको छ।
३ हजार वाट सम्मको मोटर पावर रहेको सो स्कुटरमा १२ इन्चका आकर्षक अलोय रिम, हाइड्रोलिक सस्पेन्सन, ३२ लिटरको अन्डरसिट बुट स्पेस तथा ड्यासबोर्डमा चम्किलो डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटर रहेका छन्।
सीमित समयका लागि उपलब्ध यो छुटको सदुपयोग गरी सुलभ मूल्यमा प्रिमियम इलेक्ट्रिक स्कुटर पाउने अवसर नगुमाउन कम्पनीले अनुरोध गरेको छ।