नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्सले एमजी विन्डसर इभी सार्वजनिक गरेको छ।
एमजी विन्डसर इभीको सार्वजनिक कार्यक्रम एमजीको नेपाल र विश्वव्यापी यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि रहेको कम्पनीको भनाइ छ।
भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ।
विन्डसर इभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराएको छ। जसले परिवार र व्यवसायिक व्यक्तिहरूका लागि उत्तम विकल्प बनाउँछ।
यसमा १३५° रेक्लाइन हुने एरो–लाउन्ज सिटहरू, ६०४ लिटरको ठूलो बुट स्पेस र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ, जसले गाडीभित्रको अनुभवलाई अझ उचाइमा पुर्याउँछ।
यसका साथै, विन्डसर इभीमा शक्तिशाली मोटर पावर रहेको छ जसले सहर र हाइवेको ड्राइभलाई सहज बनाउँछ।
यसको ३८ किलोवाट ब्याट्रीले ३३२ किमीको भरपर्दो रेन्ज प्रदान गर्छ।
वायरलेस चार्जिङ सुविधाले थप सहजता दिन्छ भने एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेसनले कनेक्टिभिटीलाई सहज बनाउँछ।
प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरू र स्मार्ट फ्लश डोर ह्यान्डल पनि राखिएका छन्।
सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग राखिएको छ। साथै यो आइपी ६७ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरू पार गरेको छ।
६ स्पिकर सिस्टमले गाडीभित्रको मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउँछ भने १८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्छ।
विन्डसर इभीमा ८ वर्षको ब्याट्री वारेन्टी रहेको छ। साथै, नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा अनुभव गराउनेछ।
पारामाउन्ट मोटर्स प्रा. लि. ले सधैं उच्च गुणस्तरीय, नवप्रवर्तनयुक्त र दिगो अटोमोटिभ समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राख्दै आएको छ।
नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी र एमजी एस ५ इभी छन्।