एड्भान्स अटोमोवाइलले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको नेपाल अधिराज्यभर प्रि बुकिङ खुल्ला गरेको छ।
नेपाली बजारमा आउन लागेको रेनो क्याप्चर नयाँ प्रिमियम फिचर सहित आफ्नो सेग्मेन्टमा अब्बल रहेको कम्पनीको दावी छ।
आकर्षक डिजाइन सहितको रेनो क्याप्चर यो सेग्मेन्टमा गेम चेन्जरको रुपमा छ। पूर्ण स्टनिङ डिजाइन सहितको एसयुभी रेनोको ग्लोबल डिजाइन हो। जसमा आकर्षक दुई कलर दिइएको छ ।
रेनो क्याप्चरमा एलइडी हेडल्याम्प, टेललाईट र डिएलआर लाईट लगाइएको छ। अन्य फिचरमा पूर्ण अटोमेटिक टेम्प्रेचर मेन्टेन विथ रियल कुलिङ भेन्ट, स्टेरिङ ह्वील कन्ट्रोल, कि लेस एन्ट्री, पुस बटन र अटो क्लाईमेट जस्ता फिर्चस छन्।
रेनो क्याप्चर दुई इन्जिनमा उपलब्ध हुने छ। १.५ लिटर डिजेल इन्जिनले ११० पीएस पावरमा २४० एनएम टर्क प्रदान गर्ने छ।
१.५ लिटर पेट्रोल इन्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्छ।
रेनो क्याप्चरमा सुरक्षाको लागि कुनै किसिमको सम्झौता नगरिएको कम्पनीको दावी छ। यसमा स्टेट अफ आर्ट टेक्नोलोजीअन्र्तगतको क्रुज कन्ट्रोल, स्पिड मिटर र स्टेरिङ ह्वाइल कन्ट्रोल दिइएको छ। यसको अलावा ड्युल एयर व्याग र एबीएस, इबिडी, ब्रेक एसिस्टेनस्जस्ता सुरक्षा फिचर्स छन्।